आखिर के समस्या आइपरेको थियो अप्रेसन पश्चात्

नुवाकोट ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको अप्रेसन सफलता पुर्ण सम्पन्न भएको छ । केसीको मुटुमा समस्या आएपछी  उहाँ सोमबार रात को Herms Hospital भर्ना हुनुभएको थियो ।

केसीको मंगलबार दिउसोमा अप्रेसन भएको र अहिले स्वास्थ्य अबस्था सामान्य रहेको पारिवार तर्फबाट जनकारी पाइएकोछ । स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा बुधबार या बिहिबार सम्ममा डिस्चार्ज हुने जानकारी गराउनुभयो।

उहाँको अप्रेरेसन हुँदै गर्दा कांग्रेस महामन्त्री गगन थापा पनि अस्पताल पुग्नुभएको थिए । थापा अर्जुन नरसिंह केसीका ज्वाई हुन् । केसी प्रभावसाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक पनि हुन् ।

केसीले बहुदल स्थापना पछि शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा प्रमुख भूमिका निभाएका छन् । उनि नेपाली कांग्रेसपार्टी भित्र लोकप्रिय, बौद्धिक लगनशील र प्रखर वक्ताका रुपमा चिनिन्छन् ।


केशीले नेपाली कांग्रेसको निर्वाचित सह–महामन्त्री देखि पार्टी प्रवक्तासम्मको जिम्मेवारी निभाइसकेका छन। त्यस्तै उनी पूर्व शिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीपनि थिए ।       



Comments

Popular posts from this blog

Victor Wembanyama, Zion Williamson meet as Spurs face Pelicans

Surya Heritage Hotel: Nepal's First 3-Star Standard Heritage Boutique Verified Hotel, Now Welcoming Guests